पटना: राज्यमा गए आइतवार अबेर साँझदेखि सोमवार बिहानसम्ममा बज्रपातको चपेटमा परेर ज्यान गुमाउनेहरूको संख्या छः पुगेको छ। मृतकहरूमा मनीष कुमार (१२), प्रिन्स कुमार (१६), रोहित कुमार (१५), सिधेश्वर यादव (५५), हरेन्द्र सिंह (३०) र युगल राम (६०) सामेल छन्।
बलेन्द्र यादव, जीरामणि देवी र मुसाफिर राम घाइते भएका छन्।
बज्रपातको पहिलो घटना रफिगंज थाना क्षेत्र शारदा बिगहा गाउँमा भएको हो जहाँ बज्रपातको चपेटमा परेर पिन्टू यादवको छोरा मनीष कुमार (१२)- को मृत्यु भएको छ। मनीष कुमारलाई घाइते अवस्थामा स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा पुऱ्याइएको थियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
बज्रपातको दोस्रो घटना बन्देया थाना क्षेत्रको बक्सर औ प्रतापपुर गाउँमा भएको छ। बक्सर गाउँमा भएको घटनामा रञ्जित पासवानको छोरा प्रिन्स कुमार (१६), रवि रञ्जन ठाकुरको छोरा रोहित कुमार (१५) र प्रतापपुर गाउँको सिधेश्वर यादव (५५)- को मृत्यु भएको छ। बज्रपातको तेस्रो घटना देव थाना क्षेत्रको बारा गाँउको हो जहाँ एक युवा किसानको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन्। मृतकको पहिचान गाउँकै राजकुमार सिंहको पुत्र हरेन्द्र सिंह (३०) -को रूपमा गरिएको छ। बलेन्द्र यादव केही टाड़ा बसेकोले उ भाग्यलो बाँच्यो जसको अस्पतालमा उपचार भइरहेको छ।
बज्रपातको चौथो घटना माली थाना क्षेत्रको सोरी गाउँमा घटेको छ। यस गाउँका किसान युगल राम (६०)- को पनि बज्रपातकै कारणले मृत्यु भएको छ। यस घटना अन्य एकजना महिला सहित दुईजना घाइते भएका छन् जसको पहिचान जीरामणि देवी र मुसाफिर रामको रूपमा गरिएको छ। घाइतेहरूको उपचार सदर अस्पतालमा भइरहेको छ।
स्थानीय पुलिस बज्रपातमा परी ज्यान गुमाउनेहरूको शवको पोस्टमर्टममा जुटेको छ। नगर थानाको पुलिसले बारा गाउँ निवासी हरेन्द्र सिंहको शवलाई पोस्टमर्टम गरी आफन्तहरूलाई सुम्दिदिएको छ।