गुवाहाटी: शिक्षा मन्त्री रनोज पेगूले राज्यमा कम्प्यूटर प्रशिक्षकहरूको निम्ति एक विशेष घोषणा गरेका छन्। शिक्षा मन्त्रीले भने, असम सरकारले शिक्षा विभाग अन्तर्गत स्कूलहरूका १३२४ अशंकालिक कम्प्यूटर प्रशिक्षकहरूको सेवा २०२६ सम्म बढ़ाउने फसेला गरेको छ।
यस्ता प्रशिक्षकहरूको वास्तविक संख्या १३४० थियो तर त्यसमध्ये केही शिक्षकहरू सेवाबाट हटेपछि अब यो संख्या घटेर १३२४ रहेको छ।