मृत पक्षीका साथ दुई तस्कर पक्राउ

Screenshot_20230918_163824_Chrome.jpg

गाेलाघाट: जिल्लाको सरूपथार विधानसभा क्षेत्र अन्तर्गत चुङ्गाजानको शलोगुड़ीमा पुलिसले २७ मृत पक्षीहरूको साथ दुई नागा व्यक्तिलाई समाएको छ। यिनीहरूलाई नाओजान ब्लक वन विभागलाई सुम्पिएको छ।

पुलिस सूत्रहरू अनुसार, चुङ्गाजानको शोलगुड़ीको ग्राम प्रहरीले डिमापुरबाट आइरहेको एउटा कार (एनएल-०७ सी-५७५८) लाई सन्देहको आधारमा रोक्यो।

कारको तलाशी लिँदा २७ भाटो, कोपो, बुलबुल आदि पक्षीहरू उद्धार भए। कार सवार दुई व्यक्ति इटोका अस्सुमी र ओबेका जीनालाई पक्षीहरूको साथ चुङ्गाजान पुलिसलाई सुम्पियो। पछि यिनीहरूलाई नाओजानमा वन विभागलाई सुम्पियो। अहिले वन विभागले दुवै आरोपित विरूद्ध मामिला दर्ता गरी यिनीहरूसित सोधपुछ शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement