सिलगढ़ी: सिलगढ़ी वार्ड नम्बर १५ का पूर्व पार्षद स्व. अरबिन्द घोष उर्फ अमुदाको ७औँ पूण्यतिथिको अवसरमा सोमबार विभिन्न कार्यक्रम सम्पन्न भयो। नगरनिगम परिसरमा मेयर सहित अन्य अधिकारीहरुले दिवङ्गत वार्ड पार्षदको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। यसै क्रममा अरबिन्द घोष स्मृति मञ्चद्वारा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो भने आवश्यकमन्दहरुलाई लता कपड़ा वितरण गरिएको थियो।

सो अवसरमा मेयर गौतम देव लगायत अन्यान्यले सहभागिता जनाएको थियो।