डेल टेक्नोलोजीस र एलियनवेयर-द्वारा कलकत्तामा दोस्रो गेमिंग एक्सपेरियन्स स्टोर लञ्च

Photo-1.jpeg

काेलकत्ता: डेल टेक्नोलोजीस (Dell Technologies) र एलियनवेयर (Alienware)-ले भारतमा दोस्रो गेमिंग एक्सपेरियन्स स्टोर लञ्च गर्‍यो, जुन कोलकाताको ई-मलमा अवस्थित छ। यस स्टोर अत्याधुनिक डिजाइन सुविधाहरू, अन्तरक्रियात्मक क्षेत्रहरू र उत्पादन प्रदर्शनहरूको उत्तम मिश्रण हो, जसले गेमरहरूलाई सर्वव्यापी अनुभव प्रदान गर्दछ। नयाँ स्टोरले भारतीय गेमिंग समुदायप्रति डेलको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ र आफ्नो नवीनतम उपकरणहरूसँग उनीहरूलाई प्रथम श्रेणीको अनुभव प्रदान गर्दछ।
उपभोक्ता र लघु व्यवसाय, डेल टेक्नोलोजीस इण्डियाका उपाध्यक्ष र प्रबन्ध निदेशक राजकुमार ऋषि र अतुल मेहताले भने, “भारतमा गेमिंग उद्योग लगातार बढ़िरहेको छ र ठूलो संख्यामा मानिसहरूका निम्ति यो जीवन जिउने तरिका र करियर बनिरहेको छ। डेल र एलियनवेयर सदा गेमिंग अनुभवलाई विकासित गर्न र नयाँ गर्नमा अघिल्लो पंक्तिमा रहेको छ।कलकत्तामा नयाँ गेमिंग एक्सपेरियन्स स्टोरले एलियनवेयर ब्राण्डको विरासतलाई अझ बलियो बनाउँछ, साथै ई-स्पोर्ट्स गेम लीग र गेमिंग उत्साहीहरूका लागि एउटा गन्तव्य स्थल पनि बनाउँछ।”
उनले अझ भने, दिल्लीमा जस्तै कोलकाताको गेमिंग एक्सपेरियन्स स्टोरले पनि आफ्ना रचनात्मक डिजाइन सुविधाहरू र अत्याधुनिक प्रविधिहरूलाई एकसाथ जोड़्छ, जसले खेलाड़ीहरूलाई इमर्सिभ गेमिङको रोचक दुनियाँमा सामेल गर्छ। “ब्याटल जोन” त्यो क्षेत्र हुनेछ जहाँ खेलाड़ी ल्यापटप, डेस्कटप र एस्केसरीजसहित सम्पूर्ण गेमिंग इकोसिस्टमको परीक्षण गर्दै युद्धमा सामेल हुन्छन्।
कोलकाता र वरिपरिका क्षेत्रहरूका गेमर्ससँग अब यो नयाँ गन्तव्य हो जहाँ उनीहरूलाई नवीनतम् शीर्षकहरूसम्म असीमित पहुँचको अनुभव गर्नको निम्ति एउटा आरामदायक माहोलको साथ एउटा फ्यूचरिस्टिक वातावरण प्राप्त हुनेछ। यो सबै गेमर्सलाई ध्यानमा राखेर डिजाइन गरिन्छ, जसले एउटा सम्पूर्ण गेमिंग इकोसिस्टम तयार गरेर एउटै स्थानमा यसको आनन्द लिन सकिनेछ।

डेल टेक्नोलोजिस इण्डियाका उपाध्यक्ष र प्रबन्ध निर्देशक राजकुमार ऋषि र अतुल मेहता, वरिष्ठ निदेशक र महाप्रबन्धक, इण्डिया कञ्ज्यूमर च्यानल, डेल टेक्नोलोजिस इण्डियाले उक्त स्टोरको उद्घाटनको आयोजन गरे।
स्टोर ठेगाना: ई-मल, सेण्ट्रल एवेन्यू, बिप्लवी अनुकुल चन्द्र स्ट्रीट, बऊबजार, कोलकत्ता, पश्चिम बंगाल – ७०००७२

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement