नदीमा डुबेर एकजना युवकको मृत्यु

Death-Image-Rep-copy

कालचिनी: अलिपुरद्वार जङ्कसन क्षेत्रको नोनाई नदीमा डुबेर आज एकजना युनकको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो नोनाई नदीमा प्रायः ७ जना केटाहरु घुमघाम गर्न गएको थियो भने अचानक नदीमा पौड़ी खेल्न ओर्लिएको एकजना राहुल मजुमदार नामक युवक उमेर १९ नदीको धारामा बगेको थियो।
उक्त युवकलाई बचाउन सबैले प्रयास गरेता पनि नदीको गहिराईमा जान कसैले साहस नजुराएपछि युवकलाई केही क्षणमा नदीमा तरीएको देख्दा सबैले तानेर प्रथमत रेलवे अस्पतालमा लगेर जाँदा चिकित्सकहरुले उक्त युवकको मृत्यु भईसकेको बताएको थियो।
यसरी राम्रै खेल्न गएको केटाको अचानक यसरी नदीमा डुबेर मृत्यु भएको घटनाले आज अलिपुरद्वार जङ्कसन संलग्न शान्ति कलोनी क्षेत्रमा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement