धारिलो हतियारले हमला गर्दा एकजना गम्भीर घाईते

IMG-20230918-WA0218.jpg

कुचबिहार: बजारबाट घर फर्किरहेको एकजना व्यक्तिलाई केही बदमाशहरुले धारिलो हतियारले प्रहार गरेर गम्भीर घाईते बनाएको घटना प्रकासमा आएको छ। घटना अनुसार, माथाभाङ्गा एक नम्बर ब्लकको बैरागीहाट क्षेत्रमा जगदीश बर्मन नामक एकजना व्यक्ति बजार गरेर घर फर्किरहेको थियो सोही समय केही अज्ञात बदमाशहरुले धारिलो छुरीले तिनको गलामा प्रहार गर्दा जगदीश बर्मन गम्भीर घाईते बनेको थियो। स्थानीय बासिन्दाहरुले तिनलाई उद्धार गरेर माथाभाङ्गा अस्पतालमा लगेको थियो।

अवस्था गम्भीर बन्दै गएपछि जगदीश बर्मनलाई कुचबिहार मेडिकल कलेजमा रेफर गरिएको बताईएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरु गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement