लघु चलचित्र “सावधान – सिजन १ लिफ्ट प्लिज” को लोकार्पण

Screenshot_20230918_141925_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): युव पावरको प्रस्तुति लघुचलचित्रको आज पान डाडा आर्यन होस्टलको प्रेक्षागृहमा रिलिज गरियो। समाजसेवी प्रणय गुरुङ, रघुनाथ प्रधान, सौरभ छेत्री, जितेन छेत्री, अनिता छेत्री आदि अतिथीको रुपमा रहेका थिए। अतिथीगणको बाहुलीबाट लघुचलचित्रको फोटोको लोकार्पण गरेर मिठाई खुवाएर प्रिमियर सो प्रदर्शन गरियो। यस जनचेतनामुलक लघुचलचित्रको पटकथा संवाद लेखन महेश्वर प्रधान हुन भने छायांकन/सम्पादन तथा निर्देशन सुदर्शन अत्री हुन्। यस लघुचलचित्रको मुख्य भुमिकामा बिशेष तामाङ, सुरक्षा प्रधान, राजु सार्की, शीतल छेत्री र अन्जली राई रहेका छन्। यस टोलीले सिजन १ दोस्रो भाग पनि चाडै लिएर आउने भएका छन्। क्षेत्रिय कलाकारहरुलाई प्रोत्साहन तथा प्लेटफर्म दिन हेतु यसरी लघुचलचित्रको निर्माण भएको निर्देशक सुदर्शन अत्रीले बताएका छन्। प्रेस भेलामा टोलीका सदस्यगणले सबैलाई सम्बोधन गर्दै यसो भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement