१८ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडले जीतको लय जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले रियल सोसिएदादलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू-मा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले शुरुमै गोल खाए पनि मध्यान्तरपछि लगातार २ गोलको साथ जीत दर्ता गऱ्यो। विजेता टीमबाट फेडेरिको भाल्भर्देले ४६औं र जोसुलेले ६०औं मिनटमा गोल गरे। यसरी रियल सोसिएदादबाट एण्डर बारेनेक्साले पाँचौं मिनटमा गोल गरे।

यस रोमाञ्चक जीतपछि रियल म्याड्रिड ५ वटा म्याचमा १५ पोइण्ट्सको साथ ला लीगा टेबलको शीर्ष स्थानमा फर्कियो। दोस्रो स्थानमा रहने बार्सिलोनासँग १३ पोइण्ट्स रहेको छ। यसरी सेविलेले लास पालमास विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट डोडी लुकबाकिओले ७१औं मिनटमा गोल गरे। ला लीगाका अन्य म्याचहरूमा भिल्लारियलले अल्मेरियालाई २-१-ले अनि गेटाफेले ओसासुनालाई ३-२-ले पराजित गऱ्यो।