देवरले घाँटी रेटेर गऱ्यो भाउजुको हत्या

IMG-20230918-WA0196.jpg

जलपाईगढ़ी: पारिवारिक कलहका कारण देवरले भाउजुको हत्या गरेको घटनाले डुवर्सको नगरकट्टा बजार क्षेत्रमा सोमबार विहान सनसनी मच्चिएको छ। घटना आईताबार राति करिब ११ बजेको बताईएको छ।
यसैबीच हत्यापछि टिंकु गोयल आफैंले नगरकट्टा थानामा गएर आत्मसमर्पण गरेको बताइएको छ। आत्मसमर्पण गर्नसाथै पुलिसले हत्यारा देवरलाई तत्क्षणै पक्राउ गरेको थियो। यता पुलिसले मृतक कविता गोयलका श्रीमान् विनोद गोयललाई पनि पक्राउ गरेको छ बताईएको छ। पुलिस सुत्रले जनाए अनुसार यस विषयमा सम्पूर्ण अनुसन्धान भइरहेको छ।

स्थानीय स्रोतका अनुसार नगरकाटा बजार क्षेत्रका विनोद गोयलकी श्रीमती कविता गोयल र विनोदका भाइ टिंकु गोयलबीच लामो समयदेखि विवाद चलिरहेको थियो । गत आइतबार राति पनि विवाद भएको थियो। यसपछि विवाद चरम उत्कर्षमा पुगेपछि जेठाजु टिंकु गोयलले धारिलो हतियारले भाउजुको घाँटी काटेका थिए। जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाएलगत्तै नगरकाटा प्रहरी चौकी पुगेको थियो। प्रहरीले आएर शव बरामद गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement