१८ सेप्टेम्बरः ईंग्ल्याण्डले आईसीसी वनडे वर्ल्ड कप २०२३-को निम्ति आफ्नो टीममा जेसन रोयको स्थानमा ब्याटर हेरी ब्रूकलाई चयन गऱ्यो। वर्ल्ड कपको निम्ति ईंग्ल्याण्डको अस्थायी टीममा स्थान नपाउने ब्रूकले हालै न्यूजील्याण्ड विरुद्ध वनडे सीरीजमा असाधारण प्रदर्शन गरेका थिए। यसअघि उनले इण्डियन प्रीमियर लीग र द हण्ड्रेड टुर्नामेण्टमा पनि असल प्रदर्शन गरेका थिए। ईंग्ल्याण्डले वर्ल्ड कपको निम्ति अस्थायी टीमको घोषणा गर्दा कप्तान जोस बटलरले ब्रूकको निम्ति टीममा प्रवेश गर्ने दैलो बन्द नभएको बताएका थिए अनि अन्तमा ईंग्ल्याण्ड क्रिकेट म्यानेजमेण्टले ब्रूकमाथि भरोसा देखायो। ब्रूकको साथमा दाविद मलानलाई पनि वर्ल्ड कपको टीममा स्थान दिइएको छ, जसले न्यूजील्याण्ड विरुद्ध ३ वटा म्याचमा २७७ रन बनाएर प्लेयर अव् द सीरीजको पुरस्कार जितेका थिए। उनले जेसन रोयको स्थानमा ओपनिंग गर्नेछन्। रोय अहिले ढाड़को चोटसँग जुझिरहेका छन्। यसैकारण मलानले रोयको स्थानमा न्यूजील्याण्ड विरुद्ध सीरीजमा खेलेका थिए। ३६ वर्षीय मलान ईंग्ल्याण्डको तर्फबाट संयुक्त रूपले सबैभन्दा तेज १००० वनडे रन पूरा गर्ने खेलाड़ी बनेका छन्। यसअघि केविन पीटरसन र जोनाथन ट्रटले पनि २१ वटा ईनिंग्समा यस आँकड़ालाई हासिल गरेका थिए। मुख्य चयनकर्ता ल्यूक राइटले भने, यस टीमले भारतमा गएर वर्ल्ड कप जित्न सक्ने हामीलाई विश्वास छ। हामीले सेतो बलको खेलाड़ीहरूका अविश्वसनीय समूह बनाएका छौं, जसलाई न्यूजील्याण्ड विरुद्ध सीरीजपछि चयन गरियो। यस अवधि केही कठोर फसेला पनि लिइयो। जेसन रोयको स्थानमा हेरी ब्रूक टीममा आएका छन्।