१८ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार अन्तिम दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा मिरिकले ओम एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल उज्ज्वलले गरे। यसरी ओम एफसी-बाट अनिकेतले एकमात्र गोल गरे। यसरी दोस्रो म्याचमा राइजिंग स्टार लोवर सीडर्सले इण्टेक डीपीएफसी (धोतरिया पुलबजार फूटबल क्लब)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनुराग, उपेन, पेमा र दिवसले १-१ गोल गरे। यसरी इण्टेक डीपीएफसी-बाट प्रज्वलले एकमात्र गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।