चितुवाको आक्रमणमा तीनजना बच्चाहरु घाईते

IMG-20230918-WA0127.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपाड़ा ब्लक अन्तर्गत पर्ने दलगाउँ बस्तीमा आईताबार राती एउटा चितुवाको आक्रमणमा परेर तीनजना बच्चाहरु घाईते बनेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, आईताबार राती दलगाउँ बस्ती निवासी सुशान्ती उराँवको तीनजना छोराहरु क्रमैले १२ साल, १० साल र ७ सालकोलाई एउटा चितुवाले आफ्नै आँखाको अघि हमला गरेको थियो तर घरको मान्छेको होहल्लाले उक्त चितुवा भागेर निस्किएको थियो। यता घाईते तीनैजना बच्चाहरुलाई बीरपाड़ा स्टेट जेनेरल अस्पतालमा पुऱ्याएको र वर्तमान उपचार चलिरहेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement