मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गरे शपथ ग्रहण

IMG-20220712-WA0141.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा दार्जिलिङके चौरास्तामा सम्पन्न शपथ ग्रहण समारोहमा जीटीएका ४५ जना नव निर्वाचित सभासदहरूले शपथ ग्रहण गरेका छन्। यसै अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी बनेर नव निर्वाचित बनेका तीनधारे महानदी समष्टिको नवराज छेत्रीले पनि सभासदको रूपमा शपथ ग्रहण गरेका छन्। सभासदको रुपमा आधिकारिक रूपमा शपथ ग्रहण गरेपछि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले फोनमा बताए अनुसार आज आफुले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा सभासदको रूपमा शपथ ग्रहण गरेपछि अब पाएको जिम्मेवारी अनुसार काम गर्दै जाने र जनताको इच्छा र आकांक्षा अनुसार काम गर्दै लाने बताएका छन्। यद्यपि उनले सबैको कुरालाई एकैचोटि लिएर जानु नसक्ने अनि मेरो आफ्नै इच्छा अनुसार पनि प्राथमिकता दिएर काम गर्नु मिल्दैन तर जनताले जसरी साथ दिएर भोट दिएर जिताएको छ, त्यसरी नै जनताले साथ दिएर कार्य गर्नमा पनि सहयोग गरिदिने निवेदन गरेका छन्। छेत्रीले आफुले कहिले पनि सभासदको रूपमा राजनैतिक ब्यानरमा राज्यकी मुख्यमन्त्री समक्ष उँभिएर यसरी शपथ ग्रहण गर्ने नसोचेको तर यो मेरो जीवनको लागि ठूलो उपलब्धि रहेको बताएका छन्। नवराज छेत्रीले मैले जीवनमा सामाजिक कार्यकर्ताको रुपमा गर्न नसकेको कामहरू अब राजनैतिक रुपमा सभासद बनेर गर्ने सोचेको र जनताको लागि राजनैतिक रूपमा काम गर्ने पनि बताए। उनले मेरो कार्यको शुरु गर्नलाई तीनधारे महानदी समष्टि र सबै भातृ संगठनहरूका प्रतनिधिहरूलाई लिएर आगामी १६ जुलाईको दिन सभा गर्ने अनि उक्त सभामा नै आगामी २७ जुलाईको दिन हुने शहीद दिवस, १५ अगस्तको स्वाधीनता समारोह र समष्टीव्यापी आरण्य सप्ताह पालन विषयमा चर्चा परिचर्चा गर्ने बताएका छन्। उनले त्यसबाहेक पनि विस्तारै तीनधारे महानदी समष्टिको लागि कार्य गर्दै जाने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement