१८ सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार अन्तिम दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा रिवाज सेभेन, नाम्सुले नागरी एफसी-लाई ५-३-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा हृदय सेभेन, बालासनले मिक्सअप् बोइज, मार्गरेट्सहोपलाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।