सोनादा युनाइटेड र लाटपञ्चर बोइज विजयी

IMG-20230918-WA0137.jpg

१८ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा खेलिएको पहिलो म्याचमा सोनादा युनाइटेडले मकैबारीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल वेपे कालिकोटेले गरे। यसरी दोस्रो म्याचमा लाटपञ्चर बोइजले भोटे गाउँलाई ४-०-ले पराजित गऱ्यो । विजेता टीमबाट सायत खवास र रिक्देन शेर्पाले २-२ गोल गरे।

आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement