वरियर्स स्पोर्टिंग क्लब सेमिफाइनलमा

photocollage_2023918104658759.jpg

१८ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा वरियर्स स्पोर्टिंग क्लब (तुलसीपाड़ा)-ले सेमिफाइनलमा स्थान बनायो । रामझोड़ा फूटबल मैदानमा आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा वरियर्स स्पोर्टिंग क्लबले पलासबारी बिक्की एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अंकृत मंगरले गरे, जसलाई हीरो अव् द म्याच चयन गरियो। अब २० सेप्टेम्बरमा खेलिने दोस्रो क्वार्टर फाइनलमा जेकेएस टोटोपाड़ा र नरसिंगपुर फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *