जेकब खालिङले सिक्किमको इतिहास अध्ययन गर्नुपर्ने एसडीएफको सुझाउ

IMG-20230917-WA0240.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री पवन चामलिङ र सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीलाई केन्द्र गरेर सिक्किममा एकपल्ट सरकारबाट गएका व्यक्ति र पार्टी फेरि फर्केर आउँदैन भन्ने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको बयानलाई लिएर एसडीएफ पार्टीले कड़ा प्रतिक्रिया जनाएको छ। पार्टीले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर २०२४मा हार निश्चित देखेपछि वर्तमान सत्तारुढ़ एसकेएम पार्टीका नेताहरूले यस्तो कथित रुढ़िवादी बयान दिइरहेको बताएको छ। उल्लेखनीय छ, केही दिन अघि नाम्ची जिल्लाको राभङ्गलामा पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता पनि रहेका जेकब खालिङले एकपल्ट सरकारबाट गएका फेरि फर्केर आएको सिक्किमको इतिहास नरहेको बताएका थिए।

एसडीएफ पार्टीका प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलले जेकब खालिङको बयानलाई खण्डन गर्दै पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी दुईपल्ट सिक्किमका मुख्यमन्त्री पदमा पुगेको दावी गरेका छन्। उनकाअनुसार १९७७मा जनता परिषद पार्टी गठन गरेर १९ अक्टोबरमा १९९७मा पहिलोपल्ट राज्यका मुख्यमन्त्री बनेका थिए। राजनीतिक उथलपुथलको कारण उनको सरकार लामो चल्न सकेन। पछि १९८४मा उनी लोकसभा सदस्य निर्वाचित भए। त्यसै समय उनले जनता परिषद पार्टीलाई बन्द गरेर सिक्किम सङ्ग्राम परिषद गठन गरेर १९८५मा दोस्रोपल्ट मुख्यमन्त्री भएको खरेलको भनाइ रहेको छ। आफ्नो राज्यको यति इतिहास पनि नजान्ने व्यक्ति मुख्यमन्त्रीका राजनीतिक सचिव भएपछि त्यस राज्यतो भविष्य के हुने हो भन्दै उनले प्रश्न तेर्साएका छन्।

कृष्ण खरेलकाअनुसाकर रुढिवादी सोच पालेको राज्यको वर्तमान सत्तारुढ़ एसकेएम पार्टका नेताहरूलाई जनताको ताकत बारे थाहा नभएको प्रमाणित हुन्छ। तर, एसडीएफ पार्टीलाई भने जनतातो साथ र समर्थनमा विश्वास रहेको उनले थप बताएका छन्। यसको साथै खरेलले जेकब खालिङलाई २०२४मा एसकेएम पार्टीले चुनाउ हारेपछि आफ्नो सरकारकालमा गरेका कथित भ्रष्टाचारको हिसाब किताब दिनको निम्ति तयारी गर्ने सुझाउ पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement