गान्तोक: सिटिजन एक्सन पार्टी अप्पर तादोङ निर्वाचन क्षेत्रको आयोजनामा आज एउटा रक्तदान शिविर सञ्चालन भयो। गान्तोकको सोचेग्याङ अस्तपालमा उक्त कार्यक्रम सम्पन्न भएको हो। रक्तदानको निम्ति पार्टीका वरिष्ठ नेता लाक्पा शेर्पा, एमबी लिम्बू, मिलन खाती, रवि गुरूङ, प्रशान्त बाबु छेत्री, आशीष राई लगायतका अन्य २५ जनाले रक्तदान गरे। यस कार्यक्रममा सिटिजन एक्सन पार्टी-सिक्किमका अन्य वरिष्ठ नेताहरू डीबी चौहान, नरेन्द्र अधिकारी, कर्मा छिरिङ भोटिया, राजेन्द्र गुरूङ, पार्वती तामाङ, रेस्मा गुरूङ लगायतका नेताहरूको उपस्थिति थियो। रक्तदान मानव मूल्यको रक्षार्थ गरिने अत्यन्त महत्वपूर्ण र जीवन दायी दान रहेकोले पार्टीले शिविर गरेको जानकारी गराओए को छ। जो अन्य कुनै दान भन्दा पनि उच्छ रहेको उल्लेख गरेको छ। यो कार्यक्रम सञ्चालन गरिएको हो जो सिटिजन एक्सन पार्टीले आफ्नो कार्यक्रममा समावेश गरेको जानकारी दिएको छ। स्मरण रहोस्, सबै रक्तदान गर्ने दाताहरूलाई सिटिजन एक्सन पार्टी-सिक्किमको पक्षबाट सम्मान सहित प्रमाण-पत्र समेत प्रदान गरिएको छ। पार्टीको तर्फबाट अस्पताललाई पनि स्मृति चिन्ह प्रदान गरियो। अस्पतालका संलग्न सम्पूर्ण कर्मचारी लगायत ब्लड ब्याङ्कका सम्पूर्ण कर्मचारीको सहयोगलाई सम्मान गर्दै सिटिजन एक्सन पार्टी-सिक्किमले आभार व्यक्त गरेको छ।