दार्जीलिङमा मुख्यमन्त्री फरक शैलीमा देखिइन्

CM-Mamta-Banerjee-in-Darjeeling.jpeg

दार्जीलिङ: मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलबार दार्जीलिङमा अर्कै शैलीमा देखिइन्। कतै मुख्यमन्त्री आफ्नै हातले फुचका बनाएर मानिसहरुलाई खुवाउँदै गरेको देखियो, कतै घरमा गएर रवीन्द्र सङ्गीत गुनगुनाउन थालिन्। मुख्यमन्त्रीलाई हेर्न सडकमा मानिसहरुको भीड लागेको थियो। मुख्यमन्त्री तीन दिने उत्तर बङ्गाल भ्रमणमा दार्जीलिङ आएकी छिन्। मङ्गलबार मुख्यमन्त्री दार्जीलिङको चौरस्तामा जीटीएको सपथ ग्रहण समारोहमा सहभागी भएकी थिइन्। बुधबार मुख्यमन्त्रीले दार्जीलिङको चौरस्तामा आदि कवि भानुभक्तको जन्मजयन्ती पनि मनाउने छिन्। जीटीएको सपथ ग्रहण कार्यक्रम सकिएपछि दार्जीलिङको रिचमण्ड हिलबाट पैदलै चिडियाखाना जाने बाटोमा मुख्यमन्त्रीले फुचका स्टल देखेपछि मुख्यमन्त्री त्यहीँ रोकिए। पसलमा गएर मुख्यमन्त्रीले आफ्नै हातले फुचका बनाएर खुशीसाथ मानिसहरुलाई खुवाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement