गान्तोक: भारतीय स्वच्छता लीग २.०, स्वच्छता ही सेवा र सफाई मित्र सुरक्षा शिविर जस्ता विभिन्न गतिविधिहरू मार्फत देशव्यापी जनसहभागितालाई परिचालन गर्ने उद्देश्यले आजदेखि पाकयोङ जिल्लाको पश्चिम पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत रम्फू नगर पञ्चायतले पन्ध्र दिन लामो सरसफाई अभियान सुरु गरेको छ। नगर पञ्चायत अध्यक्ष सञ्जीव कुमार खाती,पार्षदहरु, पुलिस अधिकारीहरु, एसबीएम नोडल अधिकारी निलम प्रधान, आईएसएल-२ का क्याप्टेन राजेंन गुरुङ, एसबी म-२ ब्रान्ड एम्बासेडर सञ्जय अग्रवाल, अधिकारीहरू, विभिन्न गैरसरकारी संघ ,संस्था र संगठनका प्रतिनिधि र सदस्याहरुको र स्थानीय बासिन्दाहरू सहभागी भएका छन्। एसबीएम नोडल अधिकारी निलम प्रधानलेले ‘भारतीय स्वच्छता लीग’ स्वच्छ भारत मिशन-अर्बन २.० अन्तर्गत फोहोर मुक्त शहरहरू निर्माण गर्न युवाहरूको नेतृत्वमा भारतको पहिलो अन्तर-शहर प्रतियोगिता हो भनी बताए। २०२२ मा, ५,००,०००+ भन्दा बढी युवा विद्यार्थीहरू, नागरिक स्वयंसेवकहरू, युवा नेताहरू र सेलिब्रेटी आइकनहरू देशभरका आईएसएलको पहिलो संस्करणमा सामेल भए र आफ्नो शहरलाई सफा र फोहोरमुक्त बनाउन योगदान दिएका थिए। यस वर्ष रम्फू पञ्चायतले पनि भाग लिंदै आजबाट कार्यक्रमको सुरुवात भित्ता चित्रकला, सरसफाई अभियान र सौन्दर्यीकरणबाट गरिएको हो। अन्तर विद्यालय प्याटिङ तथा चित्रकला प्रतियोगिता, एकल प्रयोग प्लास्टिक प्रतिबन्ध सम्बन्धी सचेतना, सोर्स पृथकीकरण, यस क्षेत्रका सबै संघसंस्थाको सहभागितामा सरसफाई अभियान, सफाई मित्र शिविर, सफाई अभियानमा सहयोग पुऱ्याउनेहरुलाई सम्मान अभिनंन्दन, सफाई शिविर आदि यस १५ दिवसीय अभियानमा समावेश गरिएको छ। आजदेखि २ अक्टोबर गान्धी जयन्ती सम्म चल्ने यस १५ दिन लामो कार्यक्रममा स्वच्छता पखवाडाको टोली, केन्द्रहरूमा सङ्कलन गरिएका वस्तुहरू वितरण र अन्य धेरै कार्यक्रमहरू समावेश गरिएको पनि जानकारी दिए। आरएनपी अध्यक्ष सञ्जीव कुमार खातीले रम्फूका नागरिकहरूलाई अभियान सफल बनाउनको निम्ति सहयोगको अपील गरे।