भारत बन्यो आठौंपल्ट एशिया कप विजेता

IMG-20230917-WA0226.jpg

भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरे

कोलम्बो: भारतले एकतर्फी फाइनलमा श्रीलंकालाई १० विकेटले पराजित गरी आठौंपल्ट एशिया कप क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। आइतवार कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाई टीम १५.२ ओभरमा केवल ५० रन बनाएर अलआउट भयो। भारतीय पेस बलर मोहम्मद सिराजले ७ ओभरमा केवल २१ रन खर्च गरी ६ विकेटको साथ श्रीलंकाको ब्याटिंग क्रमलाई ध्वस्त पारे। यसमा एक ओभरमा हासिल गरेको ४ विकेट पनि सामेल छ। यसबाहेक हार्दिक पाण्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए।

श्रीलंकाको तर्फबाट कुसल मेण्डिसले १७ र दुसान हेमन्ताले १३ रन बनाए। पाँचजनाले त खाता पनि खोल्न सकेनन्। जवाफमा भारतले ५१ रनको लक्ष्यलाई कुनै विकेट नगुमाइ ६.१ ओभरमै हासिल गऱ्यो। शुभमन गिलले अविजित २७ र ईशान किशनले अविजित २३ रन बनाए। सिराजलाई प्लेयर अव् द म्याचको पुरस्कार प्राप्त भयो। यसरी प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार कुलदीप यादवले जिते। कुलदीपले पूरा टुर्नामेण्टमा ९ विकेट लिए, जसमा पाकिस्तान विरुद्ध हासिल गरेको ५ विकेट सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement