१७ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यू को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा एमबीआरसी गाड़ीधुराले फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा एमबीआरसी गाड़ीधुराले आमुक्त परिवारलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एमबीआरसी गाड़ीधुराबाट आशिष चापागाईंले २ गोल गरे। यसरी आमुक्त परिवारबाट करण राईले २ गोल गरे। आशिष चापागाईंलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २४ सेप्टेम्बरमा खेलिने फाइनलमा एमबीआरसी गाड़ीधुरा र तुतिस सेभेनबीच भिड़न्त हुनेछ।

आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।