राँके मेला २०२२को आयोजनलाई लिएर बैठक सम्पन्न

IMG_20220712_211623.jpg

नाम्ची: १६ र १७ जुलाईमा मनाइने राँके मेला २०२२को आयोजनलाई लिएर आज जिल्लापाल कार्यालयमा कौशल विकास विभागका अध्यक्ष सतिशचन्द्र राईको अध्यक्षतामा एक समन्वय बैठक बस्यो। यस बैठकमा अप्पर घुर्पिसेका पार्षद पेम नर्बु भोटिया, जिल्लापाल एम. भरणी कुमार, एडीसी सत्यन प्रधान र विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।

जिल्लापाल कुमारले राँके मेलाको सफल आयोजनलाई लिएर विभिन्न विषयहरूमाथि प्रकाश पारे। उनले कोरोना महामारीका कारण विगत दुई वर्षदेखि मेला आयोजन गर्न सकिएको थिएन भने यो वर्ष भव्यरूपमा मनाउनु पर्छ भनी बताए। उनले लाइन विभागका अधिकारीहरूलाई आफ्नो भूमिका र जिम्मेवारीहरू प्रभावकारी तरिकामा तयार गर्न आह्वान गरे।

पार्षद भोटियाले यसपाली राँके मेला अलि भिन्न तरिकाले मनाइने छ भनी बताए। उनले मेलामा केही विभागहरूले स्टल राख्नेछन् भने सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिने बताए।

About Author

Advertisement