गान्तोक: विश्वकर्मा पूजाको पावन अवसरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले राज्यवासीमा हार्दिक बधाई एवम् शुभकामना अर्पण गरेका छन्। एसडीएफ अध्यक्ष चामलिङले आफ्नो सन्देशमा भनेका छन्, विश्वकर्मा पूजा हाम्रा शिल्पकार, उद्यमी, चालक तथा सृजनकर्मीहरूप्रति सम्मान व्यक्त गर्ने पावन अवसर पनि हो। निर्माण एवम् सिर्जनाका देवता भगवान विश्वकर्माले सबैलाई आफ्नो उद्यममा सफलता प्रदान गरून्।’