गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले विश्वकर्मा पूजाको अवसरमा सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राजभवनद्वारा शनिवार जारी सन्देशमा राज्यपालले भनेका छन्, शिल्पकला र रचनात्मक उत्सवको प्रतीकका रूपमा विश्वकर्मा पूजाको हाम्रो ह्रदयमा विशेष स्थान रहेको छ।
प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाको लागि प्रसिद्ध सिक्किम राज्यले भगवान श्री विश्वकर्माको भक्तिभावका साथ पूजा गर्दछ, जसलाई यहाँका मानिसहरूले अँगालेका छन्।
राज्यपालले सिक्किमका सबै जनतालाई आफ्ना लगनशील प्रयास जारी राख्न, ब्रह्माण्डको अद्वितीय सृष्टिलाई बढावा दिन र उनीहरूका कार्यहरूद्वारा यसलाई अझ सुन्दर र समृद्ध बनाउन प्रेरणा मिलोस् भनी कामना गरेका छन्।