गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको लोक कलाको प्रवर्द्धनमा उल्लेखनीय योगदानको लागि संगीत नाटक अकादमी अमृत पुरस्कारबाट सम्मानित बनेकोमा यापछुङ काजीलाई हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यापछुङ काजीलाई बधाई दिएका छन्। उनले भनेका छन्, मायाले ‘आभा’ को रूपमा चिनिने, यस क्षेत्रमा उनको यात्रा उल्लेखनीय छ, र उनको गहिरो प्रभावलाई हामी स्वीकार गर्दछौं। आफ्नो शिल्पप्रतिको उनको समर्पण निरन्तर रहेको र उनी प्रेरणाका स्रोत हुन् भन्दै उनले कडा परिश्रम र रचनात्मकता मार्फत पुग्न सकिने उचाइहरूको चम्किलो उदाहरणको रूपमा सेवा पुऱ्याइरहेको मुख्यमन्त्रीले बताएका छन्।