वयोवृद्ध यापछुङ काजी ‘संगीत नाटक अकादमी अमृत अवार्ड’ ले सम्मानित

n538548638169495804548618ee1be9839d6771a6cbbf36d4a1574f91dca6e0398149600a25afbc955d7810.jpg

गान्तोक: सिक्किमका यापछुङ काजी ‘संगीत नाटक अकादमी अमृत अवार्ड’ ले सम्मानित बनेका छन्। वयोवृद्ध यापछुङ काजी सिक्किममा ‘आभा’ अनि ‘रेडियो म्यान अफ् सिक्किम’ ले परिचित छन्।

उनलाई हिजो नयॉं दिल्लीमा आयोजित एक कार्यक्रमबिच देशका उपराष्ट्रपति जगदीप धनखड़को बाहुलीद्वारा उक्त पुरस्कारले सम्मानित गरियो।

सिक्किमको लोक कलाको प्रवर्द्धनमा उल्लेखनीय योगदानको लागि उनलाई सम्मानित गरिएको हो। राज्य मुख्यमन्त्री प्रेमसिंह तामाङले उनलाई सम्मानित बनेकोमा हार्दिक बधाई दिएका छन्।

आईपीआर विभाग अनुसार, यापछुङ काजीले १९६२ सालमा खरसाङ रेडियोबाट आफ्नो यात्राको शुरूवात गरेका थिए। १९८२ सालमा उनी अल इण्डिया रेडियो, गान्तोकमा स्थानान्तरित भए। यहॉं जहाँ उहाँले एक रेडियो होस्टका रूपमा ४२ वर्षसम्म लगनशील बनेर सेवा पुऱ्याए। उनी २००० सालमा सेवानिवृत्त बने। रेडियो र टेलिभिजन दुवैमा उल्लेखनीय योगदानको लागि उहाँलाई सिक्किमका बासिन्दाहरूले आफ्नो ह्रदयमा उच्च सम्मानका साथमा राखेका छन्।

About Author

Advertisement