गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिवसको अवसरमा मंगल शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईको जन्मदिवसको शुभ अवसरमा सिक्किम राज्यका सम्मानित नागरिकहरू र आफ्नो तर्फबाट अनन्त बधाई एवं मंगल शुभकामना व्यकत गर्दछु।
तपाईको सशक्त नेतृत्व र कुशल मार्गदर्शनमा राष्ट्र निरन्तर विकासको पथमा अग्रसर छ। राष्ट्रको सेवामा तपाईको अप्रतिम श्रद्धा, जन कल्याण कार्यहरूप्रति समर्पित भाव हामी सबैका लागि प्रेरणाको स्रोत हो।’
राज्यपालले प्रधानमन्त्रीको दीर्घायु र यशस्वी जीवनको कामना गरेका छन्।