पीएम विश्वकर्मा योजना अन्तर्गत १८ व्यावसयसित सम्बन्धित मानिसहरूले पाउनेछन् लाभ
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार विश्वकर्मा जयन्तीको अवसरमा नयाँ दिल्लीको द्वारकास्थित इण्डिया इन्टरनेशनल कन्भेन्शन एण्ड एक्सपो सेन्टरमा ‘पीएम विश्वकर्मा’ योजनाको शुरूआत गरे।
यस योजनाको उद्देश्य गुरू-शिष्य परम्परा वा आफ्नो हात अनि औजारहरूले काम गर्ने कामगारहरूको पारम्परिक कौशलको परिवार आधारित प्रथालाई सुदृढ़ बनाउनु र पोषित गर्नु हो।
आइतवार आईआईसीसीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले योजनासित सम्बन्धित प्रतीक चिन्ह, ट्याग लाइन औ पोर्टल लञ्च गरे। उनले कस्मटाइज १८ डाक टिकटको डिजिटल उद्घाटन पनि गरे। यो डाक टिकट १८ विश्वकर्मा व्यवसायसित सम्बन्धित छ जसलाई योजनामा सामेल गरिएको छ। यस अतिरिक्त टुलकिट ई-बुकलेट पनि रिलीज गरियो। यसमा ती व्यवसायहरूसित सम्बन्धित २४९ वटा औजारहरू (टुल)-को बारेमा जानकारी दिइएको छ। यो ई-बुकलेट १२वटा भाषाहरूमा उपलब्ध हुनेछ साथै विश्वकर्मा कर्मीहरूलाई उनीहरूको कामलाई विकसित गर्नमा मद्दत पुऱ्याउनेछ। यस अवसरमा प्रधानमन्त्रीले १८ व्यवसायसित जोड़िएका विश्वकर्माहरूलाई प्रमाण पत्र पनि प्रदान गरे।
कार्यक्रममा सूक्ष्म, लघु एवं मध्यम उद्यममन्त्री नारायण राणे, वित्तमन्त्री निर्मला सीतारमण, वाणिज्यमन्त्री पीयूष गोयल औ शिक्षामन्त्री तथा कौशल विकास एवं उद्यमशीलता मन्त्री धर्मेन्द्र प्रधान पनि उपस्थित थिए।
उल्लेखनीय छ, पीएम विश्वकर्मा योजना अन्तर्गत १८ पारम्परिक शिल्पहरूलाई सामेल गरिनेछ। यसमा बढ़ई, नौका निर्माता, शस्त्र सजाउने, लोहार, हतौड़ा औ औजार (टूल किट) निर्माता, ताला बनाउने, सुनार, कुम्हाले, मूर्तिकार, ढुङ्गा फुटाउने, मोची (जुत्ता कारीगर), राजमिस्त्री, टोकरी, चटाई, झाड़ु निर्माता, कोयर बुनकर, गुड़िया औ खेलौना निर्माता (पारम्परिक), हजाम, माला बनाउने, धोबी, दर्जी औ माछा पार्ने जाल बुन्ने आदि सामेल छन्।
यो योजनाले भारतभरिका ग्रामीण औ शहरी क्षेत्रहरूका कारीगर र शिल्पकारहरूलाई सहयोग प्रदान गर्नेछ। यसान्तर्गत केन्द्र सरकारले पीएम विश्वकर्मालाई १३ हजार करोड़ रुपियाँको वित्त पोषित गर्नेछ। यस योजना अन्तर्गत बायोमेट्रिक आधारित पीएम विश्वकर्मा पोर्टलको प्रयोग गरेर सामान्य सेवा केन्द्रहरूको माध्यमबाट विश्वकर्माहरूको निःशुल्क पञ्जीकरण गरिनेछ। उनीहरूलाई पीएम विश्वकर्मा प्रमाण पत्र औ पहिचान-पत्र, मूलभूत औ उन्नत प्रशिक्षणसित सम्बन्धित कौशल उन्नयन, १५ हजार रुपियाँको टुलकिट प्रोत्साहन, ५ प्रतिशतको छुट ब्याज दरमा १ लाख रुपियाँ (पहिलो किस्ता) र २ लाख रुपियाँ (दोस्रो किस्ता)-सम्म सम्पार्श्विक-मुक्त ऋण सहायता, डिजिटल लेनदेनको लागि प्रोत्साहन औ विपणन सहायताको माध्यमबाट मान्यता प्रदान गरिनेछ।