खरसाङ: खरसाङको तीनधारेमा देशको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ७३औं जन्म जयन्ती पालन गरिएको छ। भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल अन्तर्गत तीनधारे शाखाको आयोजनामा तीनधारेको क्रिकेट बजारस्थित दार्जिलिङ जिल्ला युवा मण्डली भवनमा प्रधानमन्त्री नरेन्द मोदीको ७३औं जन्म जयन्ती पालन गरिएको छ। यस अवसरमा भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधान, युवा मोर्चाबाट सागर दास, दिपराज माझी साथै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यद्वय अजय विश्वकर्म र योगराज प्रधान विशेष रुपमा उपस्थित रहेका थिए। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७३औं जन्म दिनको मंगलमय शुभकामना र शुभेच्छासहित बधाई, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै केक काटेर जन्म दिन मनाइएको छ भनी पञ्चायत सदस्य योगराज प्रधानले जनाएका छन्। यस अवसरमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ७३औं जन्म जयन्तीको अवसरमा सम्पूर्ण तीनधारेवासीलाई पनि शुभकामना व्यक्त गरेका छन्।