किशोरीलाई जन्मदिनको पार्टीमा बोलाएर बलात्कार

07FBB06A-2AD5-4EBF-AC4B-698651127ABE.jpeg

होटल सञ्चालकसहित ५ पक्राउ

हुगली: चुचुड़ा थाना अन्तर्गत बस स्ट्यान्डनजिकै एक किशोरीलाई जन्मदिनको पार्टीमा बोलाएर बलात्कार गरेको आरोपमा पुलिसले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ। अभियुक्तहरुको नाम देवप्रिया विश्वास उर्फ घन्टाई, सौम्यदीप पात्रा, देवराज दास, निवरण बाला र गौराङ विश्वास रहेको छ। देवप्रिया विश्वास मुख्य अभियुक्त हुन् भने होटलका प्रबन्धक गौराङ विश्वास बताईएको छ। प्राप्त जानकारी अनुसार बुधबार देवप्रियाले १५ वर्षीया नाबालिकाको घरमा पुगेर जन्मदिनको पार्टीमा सहभागी हुन बोलाएकी थिइन्। निमन्त्रणामा युवती चुँचुड़ा बस स्ट्यान्डमा रहेको होटलमा गइन् जहाँ देवप्रिया विश्वास र उनका तीन साथीले बलात्कार गरेका थिए। किशोरी घर नफर्केपछि परिवारले चुँचुड़ा थानामा अपहरणको उजुरी दिएका थिए। प्रहरीले अनुसन्धानपछि युवतीलाई होटलबाट उद्धार गरेको थियो। यस घटनामा पुलिसले मुख्य अभियुक्तसहित ५ जनालाई पक्राउ गरेको छ। आरोपितहरुलाई चुँचुडा अदालतमा हाजिर गर्दा न्यायाधीशले उनीहरुको जमानतको निवेदन खारेज गर्दै ५ दिनको लागि पुलिस हिरासतमा पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement