सिलगढ़ी: सिलगढ़ीको सेभोक रोड संलग्न एउटा निजी होटलमा आयोजित कार्यक्रममा आईताबार पीएम विश्वकर्मा योजनाको उद्घाटन सम्पन्न भयो। कार्यक्रममा केन्द्रिय मन्त्री निशिध प्रमाणिक लगायत दार्जीलिङ सांसद राजु विष्ट, सिलगढ़ी विधायक शंकर घोष, दार्जीलिङ जिल्लाका म्याजिस्ट्रेट प्रीति गोयल, एसएसबीका आईजी एवम् अन्यान्य उपस्थिति रहेको थियो। कार्यक्रममा उत्तर दिनाजपुर जिल्लाबाट आएकाहरुले अंशग्रहण गरेका थिए।