मोटरसाइकलको डिकीबाट लाखौंको सुनका गरगहना हराए, घटना सीसीटीभीमा कैद

IMG-20230917-WA0133.jpg

अलिपुरद्वार: मोटरसाइकलको डिकीबाट लाखौं रुपैयाँका सुनका गरगहना हराएको सनसनीपूर्ण घटना प्रकासमा आएको छ। घटना अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको जटेश्वर बजार क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार शनिबार राति करिब ८ः३० बजे पसल मालिक तपन दत्तले सुन पसल बन्द गरी मोटरसाइकलको डिकीमा गरगहना र विभिन्न सामान राखेका थिए। थाहै नदिई एकजना लुटेराले मोटरसाइकलको डिकी खोलेर गहनाको झोला चोरेको आरोप छ। यद्यपी पसलका मालिक तपन दत्ताले घटना पूरै सीसीटीभी क्यामेरामा रेकर्ड भएको बताईएको छ।

उनले भने, ‘सिसिटिभी फुटेजमा दुई युवक मोटरसाइकलमा आएर डिकीको ताला खोलेर गहनाले भरिएको झोला लिएर भागेको देख्न सकिन्छ। उनले करिब डेढ लाख रुपियाँका गरगहनाका साथै एटिएम कार्ड र पेन कार्ड हराएको बताए। यस विषयमा जटेश्वर थानालाई जानकारी दिइएको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement