अलिपुरद्वार: आईताबार प्रधानमन्त्री नरेन्द्र मोदीको ७३औँ जन्मदिनको उपलक्ष्यमा कालचिनी विद्यायक विशाल लामाले काली मन्दिरमा प्रधानमन्त्री नरेन्द्र मोदीको देशप्रेमलाई याद गर्दै औ यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायुको कामना गर्दै पूजा गरे।
देशभरी नै प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई भाजपा कार्यकर्ताहरुले पालन गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न भईरहेको क्रममा लोककल्याण र जनसेवाको भावनालाई लक्षित गर्दै यो पूजा तथा प्रार्थना गरिएको विधायक विशाल लामाले जनाएका छन्।