खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टिको चित्रे बस्तीमा अवस्थित नौ कन्या सिंह देवी मन्दिरको सिँढी र रेलिङहरू खरसाङको भिक्टोरिया निवासी रमेश छेत्रीले लगाई दिएका छन्। उनी हालैमा भारतीय सेनाबाट अवकाशप्राप्त भएका थिए भने उनले आफ्नो निजी खर्चमा उक्त मन्दिरको सिँढीहरूमा टायल्सहरू र रेलिङहरू लगाई दिएर ठूलो सहयोग गरेका छन्। रमेश छेत्रीले नै सिँढी र रेलिङतिर रंगहरू पनि आफै लगाई दिएका छन्। यस समष्टीको चित्रे बस्तीमा अवस्थित यस नौ कन्या सिंह देवी मन्दिरमा आस्था अनि विश्वास गर्ने धेरै रहेको बताइएको छ। यस मन्दिरमा आएर राखेको मनोकामना अवश्य नै पूरा हुन्छ भनी यस मन्दिरको संरक्षण समितिको अध्यक्षा अञ्जली लेप्चाले जानकारी गराए अनुसार हालैमा मन्दिकाे सिँढी र रेलिङ बनिएकाेले साथै मन्दिरमा बत्ती पनि लगाएको छ जसले गर्दा भक्तजनलाई एकदमै सजिलो भएको छ।

उक्त कार्य भूतपूर्व सैनिक रमेश छेत्रीले निजी कोषबाट सिँढीमा टायल्स र रेलिङ साथै आफैले मन्दिरमा रंग लगाई दिएकोमा साथै मन्दिरको गुफा अध्यारो रहनाले भक्तजनले पूजापाठ गर्नु धेरै असुविधा भएकोले यस कार्यमा क्षेत्रीय सभासद श्याम शेर्पाले पहल गरेर विद्युत विभागसित सम्पर्क गरेर साथै कनेक्शन चार्च पनि आफैले तिरेर मन्दिरमा बत्ती आएकोले चित्रे नौ कन्या सिंह मन्दिर संरक्षण समिति दुवै महानुभवहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछ भनी बताएकी छन्। यसको साथै कसैले पनि श्रध्दा भक्ति राखेर मन्दिरलाई केही सहयोग हगरिदिए मन्दिर संरक्षण समिति हार्दिक आभार प्रकट गर्दछ भनी खरसाङको चित्रे मन्दिर संरक्षण समिति अध्यक्षा अञ्जली लेप्चाले जानकारी गराएकी छन्।