खरसाङको गाडीधुरामा मेलाको आयोजना

IMG-20230917-WA0168.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुराका युवाहरूद्वारा गणेश उत्सवलाई ध्यानमा राखेर मेलाका आयोजना गरेका छन्। खरसाङ खण्जको सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जन, उप-प्रधान सन्तोष तामाङ, गाडीधुरा क्षेत्रका पञ्चायत सदस्य मनोज तामाङ, जमुना छेत्री, खरसाङ खण्ड पञ्चायत समिति सदस्य रोमा ठटाल लगायत गाडीधुरा क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिगणको उपस्थितिमा उक्त मेलाको विधिवत् रूपमा उद्घाटन गरिएको छ। आयोजक समितिको पक्षबाट निरज रूम्बाले जानकारी गराए अनुसार मेलामा विभिन्न खेलहरू राखिएको छ भने विशेष गरी मसिना नानीहरूको निम्ति विभिन्न मनोरञ्जन लिन सक्ने खेलहरू राखिएको जनाएका छन्। उनले यो मेला पन्ध्र दिनसम्म रहने जानकारी गराउँदै वरिपरि गाउँका ममानिसहरूलाई मेलाको आनन्द लिन उपस्थित भईदिने निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement