ठूलो परिमाणमा गाँजासहित एकजना पक्राउ

b920154f-fc76-4aba-8d78-c8168c88d43c

सिलगढी: गोप्य सूचनाको आधारमा एनजेपी थानाको पुलिसले सिलगढी नयाँ जलपाइगढी थानाको भोला मोड क्षेत्रबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ। घटनामा एकजना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिको पहिचान सिलगढीको सूर्यसेन कालोनी निवासी मन्टु सरकार भएको छ। उनको साथबाट १० प्याकेट गाजा बरामद भएको छ। यसको वजन १११.४०० किलो छ।

पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले गएराति उक्त क्षेत्रमा छापा मारेर चारपाङ्ग्रे सवारीसाधनलाई रोकेको थियो। त्यहाँबाट गाजा प्याकेट बरामद भएको थियो। गाडी पनि जफत गरिएको छ। आरोपीलाई आइतबार जलपाइगढी अदालतमा पठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement