खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको पुनर्गठन गरिएको छ। यसको लागि आज शरण विश्वकर्मको अध्यक्षतामा एक सभा बसेर पुरानो समितिलाई विघटन गरी नयाँ पदाधिकारी चयन गरिएको छ। दैनिक रुपमा राेजीराेटी कमाएर गरिखाने श्रमिकहरु आज सभामा विशेष उपस्थिति रहेका थिए जसमा दिलाराम, लङभिउ, मकैबारी, खरसाङ शहरी क्षेत्रका विभिन्न वारेजडहरुबाट सदस्यहरु उपस्थित थिए।

उक्त नयाँ कमिटीमा अध्यक्ष एल्जिन ब्राह्मण, उपाध्यक्ष अशाेक प्रधान, हर्कबहादुर विश्वकर्म, उदय तामाङ, मूलसचिवमा शरण विश्वकर्म, सह सचिव रञ्जन तामाङ, निमा तामाङ, शयाम सेवा, काेषाधयक्ष प्रवकर सार्की, सह-काेषअधयक्ष कालू तामाङ साथै १९ जना कार्यकारी सदस्य साथै रहल साधारण सदस्य चयन गरियाे। पहाडमा बढिरहेकाे प्रवासी श्रमिकहरुकाे बढ्दाे जनसंख्यामा अब संगठनले सुचारू रुपमा कार्य गर्ने भएको छ।

हरेक निर्माण क्षेत्रहरुमा संगठनका सदस्यहरु भ्रमण गरी हरेक कामदारहरु अब संगठनसँग जोडिनुपर्छ भन्ने कुरामा जाेड दिने भएको छ। प्रवासी मजदुरहरुले धेरै मात्रमा दैनिक हाजिरी लिएकाे संगठनमा धेरै गुनासाे आईरहेका छन्।

आम मानिसहरूले हाजिराप्रति गरिरहेकाे गुनासोलाई मध्यनजर गरेर केही दिनभित्रमा छलफल गरी सठिक दरले हाजिरा तय गरिने छ र यस दरलाई श्रमिकहरुले मानिलिनु पर्ने सभामा जानकारी गराएका छन्।