मदारीहाट: मदारीहाट खण्ड अन्तर्गत डुवर्समा प्रथम पत्रिका “जागृति” हस्तलिखित पत्रिका निकाल्ने,डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका मूल संस्थापक सदस्य डुवर्सका शीर्ष साहित्य पुरूष स्व.चन्द्रवीर प्रधानको जन्मथलो दुम्सीपाडा चिया कमानमा डुवर्स नेपाली साहित्य सभा तथा सहयोगी संस्थाहरू दुम्सीपाडा नव जागृति संघ,दुम्सीपाडा बडालाइन नेपाली प्रा पाठशाला, शान्ता प्रकाशन, डुवर्स अभियान समूह, सेन्ट मदर टेरेसा एम एस के, दुम्सीपाडा टी जी प्रा स्कुल, दुम्सीपाडा क्रिस्चियन लाइन प्रा स्कुल तथा वि केयरको सहयोगमा हिज ३२ औँ नेपाली भाषा स्मरण दिवस, भाषा संग्रामी एवम् माध्यमिक तथा उच्च माध्यमिक परिक्षामा उच्च अंक ल्याई प्रथम हुने लक्ष्मी प्रसाद देवकोटा नेपाली उच्च विद्यालय तथा बिरपाडा नेपाली उच्च विद्यालयका विद्यार्थीहरू सम्बर्धना साथै स्थानिय व्यक्तिहरू जसले विभिन्न विधामा सफल भइ समाजमा उदाहरण बन्न सफल भएकाहरूलाई सम्मान साथै साँस्कृतिक कार्यक्रम भव्यरूपमा आयोजना गरेको थियो।
दिलीप शर्मा घिमिरे, दिवस शासंकर तथा रमेश कामीले संचालन गरेको कार्यक्रमलाई तीनवटा सत्रमा बाँडिएको थियो भने कार्यक्रममा प्रथम सत्रको अध्यक्ष डुनेसासका अध्यक्ष श्री देवेन विश्वकर्मा, दोस्रो सत्रका अध्यक्ष नव जागृति संघका अध्यक्ष अन्जु लोप्चन महोदया र तेस्रो सत्रको अध्यक्षता समाजसेवी श्री जुगेश राईले गर्नु भएको थियो। मुख्य अतिथि वयोवृद्ध साहित्यकार भाषा संग्रामी श्री विष्णु प्रसाद गौत, श्री कृष्ण योञ्जन गडबडे, श्री अबिर खालिङ रहेका थिए भने विशिष्ट अतिथिहरूमा साहित्य अकादमीका नेपाली भाषा परामर्श समितिका सदस्या श्रीमती अमृता राणा, वरिष्ठ साहित्यकार श्री जीवन राणा,श्री युवराज काफ्ले बिरपाडा नेपाली उच्च विद्यालयका शिक्षक श्री अनुप कुमार शर्मा, शिक्षक सुभाष छेत्री, समाजसेवी श्री गणेश रुम्बा, लोक कलाकार श्री बिजय लोहार, कवि तथा गीतकार श्री गणेश गजमेर, साहित्यकार आश बहादुर लिम्बु, मिनिल्याण्ड स्कुलका प्रिन्सिपल श्री बिनोद मोक्तान रहेका थिए भने, सृजनशील समूह, नेपाली साहित्य प्रतिष्ठान आदि संघ संस्थाहरूको उपस्थिति रहेको कार्यक्रममा सर्वप्रथम मुख्य अतिथि विशिष्ट अतिथिहरूको बाहुलीबाट द्वीप प्रज्वलन गरी नेपाली साहित्यका ध्रुवतारा स्व नर बहादुर दाहालको मृत्युमा शोक प्रकट गर्दै एक मिनटको मौन धारण गरेर श्रद्धांजलि स्वरूप उहाँको नाममा मञ्च अर्पण गरेर कार्यक्रमको थालनी गरियो।
नव जागृती समूहद्वारा स्वागत गीत तथा डुवर्स अभियान समूहले स्वागत नृत्य गरे भने शिक्षक श्री बुद्धिमान लामाले स्वागत सम्बोधन गरेका थिए। डुनेसास मूलसचिव श्री किरण उपाध्यायले भाषा मान्यता दिवस सम्बन्धी वार्ता प्रस्तुत गरे भने वयोवृद्ध साहित्यकार भाषा संग्रामी ९१ वर्ष पुगेका श्री विष्णु प्रसाद गौतमलाई दोसल्ला ओडाई शिक्षक श्री आकाश प्रधानद्वारा उनको छोटो परिचय पठन गरी सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो भने साहित्यकार वक्ताहरूले दुम्सीपाडालाई विष्णुधाम भनि सम्बोधन पनि गरे। साहित्यकार श्री जीवन राणा, शिक्षक श्री अनुप कुमार शर्मा, श्री ध्रूव आले आदिले कार्यक्रमलाई सम्बोधन गरेका थिए भने युवा कवि श्री चन्दन भट्टराई, श्री सुखबीर योञ्जन, श्रीमती गीताञ्जली खाती आदिले कविता वाचन गरेका थिए। विभिन्न कलाकारहरूद्वारा प्रस्तुत गरिएको साँगीतिक तथा साँस्कृतिक कार्यक्रम राती आठ बचे सम्म भएको यस कार्यक्रममा नव जागृतिको पक्षबाट कोषाध्यक्ष श्री बिसन लामाले धन्यवाद ज्ञापन गरेको जानकारी डुनेसास कार्यकारी अध्यक्ष तथा शान्ता प्रकाशन प्रमुख श्री उमेश प्रधानले गराएका छन्।