१७ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले अझ एउटा जीतको साथ शीर्ष स्थान हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले रियल बेटिसलाई ५-०-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट जोआओ फेलिक्सले २५औं, रोबर्ट लेवाण्डोस्कीले ३२औं, फेरान टोरेसले ६२औं, राफिन्हाले ६६औं र जोआओ कान्सेलोले ८१औं मिनटमा गोल गरे। यस जीतको साथै बार्सिलोनाले ५ वटा म्याचमा १३ पोइण्ट्सको साथ ला लीगा टेबलमा रियल म्याड्रिडलाई पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो।

यसबीच एट्लेटिको म्याड्रिड चाहिँ भेलेन्सिया विरुद्ध ३-०-ले पराजित भयो। विजेता टीमबाट हूगो डुरोले पाँचौं र ३४औं मिनटमा २ गोल गरे। यसबाहेक गाभी गुरेराले ५४औं मिनटमा एक गोल गरे। यस जीतपछि भेलेन्सिया ९ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। यसरी सातौं स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग ७ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रायो भाल्लेकानोले अलावेसलाई २-०-ले, एथलेटिक क्लबले काडिजलाई ३-०-ले अनि मालोर्काले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो।