ईंग्लिश प्रीमियर लीगःम्यानचेष्टर सिटीले जिते पनि युनाइटेडको निराशाजनक हार

IMG-20230917-WA0098.jpg

१७ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को नयाँ सीजनमा म्यानचेष्टर सिटीले आफ्नो जीतको क्रम जारी राख्यो जबकि म्यानचेष्टर युनाइटेडले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसबाहेक लिभरपूल र टोटनह्यामले पनि आ-आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले वेष्ट ह्यामलाई ३-१-ले पराजित गऱ्यो। वेष्ट ह्यामको होम ग्राउण्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट जेरेमी डोकुले ४६औं, बर्नार्डो सिल्वाले ७६औं र फर्ममा रहने एर्लिंग हालाण्डले ८६औं मिनटमा गोल गरे। वेष्ट ह्यामबाट जेम्स वार्ड-प्रोउसेले ३६औं मिनटमा गोल गरे। यस जीतपछि सिटी ५ वटा म्याचमा १५ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी छैटौं स्थानमा रहने वेष्ट ह्यामसँग १० पोइण्ट्स रहेको छ। लिभरपूलले पनि वूल्भ्स विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। ह्वांग ही-चानले सातौं मिनटमै गोल गरी वूल्भ्सलाई बढ़त दिलाए पनि लिभरपूलले दोस्रो हाफको खेलमा ३ गोलको साथ म्याच जित्यो। लिभरपूलबाट कोडी गाक्पोले ५५औं र एण्ड्रू रोबर्टसनले ८५औं मिनटमा गोल गरे। त्यसपछि स्टपेज टाइमको खेलमा वूल्भ्सका खेलाड़ी हूगो बुएनोले आत्मघाती गोल गरे। यस जीतपछि लिभरपूल ५ वटा म्याचमा १३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहन पुग्यो।

यसबीच म्यानचेष्टर युनाइटेड चाहिँ ब्राइटन विरुद्ध १-३-ले निराशाजनक हारको सम्मुखीन भयो। प्रीमियर लीगको जारी सीजनमा पाँचौं म्याचमा युनाइटेडको यो तेस्रो हार हो। ब्राइटनबाट डेनी वेलबेक, पास्कल ग्रोब र जोआओ पेड्रोले गोल गरे। लगातार तीन गोल खाएपछि युनाइटेडलाई हानिबल मेजब्रीले ७३औं मिनटमा सान्त्वना गोल दिलाए। यस जीतपछि ब्राइटन १२ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। यसरी युनाइटेड चाहिँ केवल ६ पोइण्ट्स लिएर १३औं स्थानमा रहेको छ। यसरी नै टोटनह्यामले चाहिँ हारिसकेको म्याचमा शेफील्ड युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। म्याचमा लगभग अन्तिम क्षणसम्म शेफील्ड युनाइटेडको टीम गुस्ताभो हामेरले ७३औं मिनटमा दिलाएको गोलको सहायताले अघि रहेको थियो तर टोटनह्यामले पनि स्टपेज टाइममा २ गोल गरी म्याच जित्यो। टोटनह्यामबाट रिचार्लिसनले स्टपेज टाइमको आठौं र डेजान कुलुसेवस्कीले दशौं मिनटमा गोल गरे।

म्याचमा शेफील्ड युनाइटेडका ओली म्याकबर्नीलाई स्टपेज टाइमको १४औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि टोटनह्याम १३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहन पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा फुलहामले लुटोन टाउनलाई १-०-ले, एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३-१-ले अनि न्यूक्यासलले ब्रेण्टफोर्डलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement