क्वार्टर फाइनलमा पुग्न सफल मूण्डा बाँसघारी

photocollage_2023917112251490.jpg

१७ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा मूण्डा बाँसघारीले स्काईलार्क युथ क्लब, मगरजुंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बृजेश राईले २ र प्रतीक राईले १ गोल गरे। यसरी स्काईलार्क युथ क्लबबाट आधार राईले एकमात्र गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३६ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement