सोनादा आउट पोस्ट र एनबीयूएफसी क्वार्टर फाइनलमा

photocollage_2023917111828281.jpg

१७ सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा सोनादा आउट पोस्टले बन्नेकबन एफसी-लाई ४-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा आयोजक नेहुरे बालासन युनाइटेड फूटबल क्लब (एनबीयूएफसी)-ले मारेबुंग एफसी-लाई ३-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement