ओमकार सेभेन र यूडीएफसी विजयी

IMG-20230917-WA0066.jpg

१७ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा खेलिएको पहिलो म्याचमा ओमकार सेभेन-ले एचएलएफसी कलेज भेल्लीलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट आदित्य राई र बिपुल प्रधानले २-२ गोल गरे। यसरी एचएलएफसी-बाट प्रद्युम राईले २ गोल गरे। यसरी दोस्रो म्याचमा युनाइटेड दिलाराम फूटबल क्लब (यूडीएफसी)-ले कार्मेल बोइजलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।

नियमित समयको खेलमा यूडीएफसी-बाट जिग्मे भूटिया र कार्मेल बोइजबाट अश्विन गुरुङले गोल गरे। आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement