टोर्जोम एफसी र तीनधारे विजयी

photocollage_2023917111417347.jpg

१७ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा टोर्जोम एफसी र तीनधारेको टीमले आ-आफ्नो म्याच जित्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत शनिवार खेलिएको पहिलो म्याचमा टोर्जोम एफसी-ले अण्डर-१६ बोइजलाई ७-०-ले पिट्यो। यसरी दोस्रो म्याचमा तीनधारेले वाईबीएफसी यंग बोइज एफसी-लाई ४-०-ले पराजित गऱ्यो। आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement