प्रधानमन्त्रीद्वारा देवघरमा १६ हजार करोड़भन्दा बढीको विकास कार्यहरु उद्घाटन

IMG_20220712_184912

राँची: प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देवघरमा १६ हजार करोड़भन्दा धेरैको लागतले विकास कार्यहरूको उद्घाटन र शिलान्यास गरे। लगभग २५ योजनाको उद्घाटन र शिलान्यास गरियो। समागमलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले भने, ‘देवघरका मानिसहरूको सपना साकार भईऱहेछ। देवघरका मानिसहरूले एयरपोर्ट र एम्सको सपना देखेका थिए, जुन आज साकार भएको छ। देवघर एक पर्यटन क्षेत्रको रूपमा अघि बढ़िरहेछ। एय़रपोर्ट शुरू हुँदा झारखण्डमा पर्यटनको लाभ मिल्नका साथै कारोबारलाई प्रोत्साहन मिल्नेछ। कोरोना भए पनि देवघर एयरपोर्टको काम तीव्र गतिमा भयो। यस एयरपोर्टबाट हरेक साल आठ लाख मानिसहरूले यात्रा गर्नसक्नेछन्। उड़ान योजना अन्तर्गत देशमा धेरै एयरपोर्ट बनाइएको छ। चार वर्षमा पहिलो एयरपोर्टको उद्घाटन गर्ने अवसर प्राप्त भयो। हवाई चप्पल लगाउनेहरूले पनि हवाई यात्रा गर्न पाउनु हाम्रो प्राथमिकता हो। उड़ान योजनाको यही उद्देश्य हो। यस्ता धेरै जना थिए, जसले पहिलो पल्ट एयरपोर्ट देखे औं हवाई यात्रा गरे। देवघरबाट कोलकाताको हवाई यात्रा शुरू भएको छ। दिल्ली समेत अन्य शहरहरूको निम्ति पनि सेवाहरू छिट्टै शुरू हुनेछl’

उनले भने, ‘नयाँ ट्रेनहरूको निम्ति बाटो खुल्ला छ। चार वर्षअघि देवघर एय़रपोर्टको शिलान्यास गरेको थिए। आज दोस्रो एयरपोर्ट तपाईले पाइरहेका छन्। राँची-जमशेदपुरबीच यात्रामा खर्चामा धेरै कमी आउनेछ। धेरै ऐतिहासिक निर्णय लिँदैछ, जसबाट उद्योगहरूलाई पनि गति मिल्नेछ। सबैको साथ, सबैको विकास हुनेछ। आकांक्षी जिल्लाहरूमाथि फोकस छ। यसको लाभ झारखण्डका जिल्लाहरूलाई भईऱहेछ। हामी जहिले पनि जनताको सेवाको निम्ति तत्पर हुन्छौं तब बदलाव आउँछ। विकासको निम्ति यो जरूरी पनि छl’ प्रधानमन्त्री नरेन्द्र मोदीले यसका साथै धेरै योजनाहरूको शिलान्यास पनि गरे। यस अवसरमा केन्द्रिय केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य एम सिन्धिया, केन्द्रीय मन्त्री अर्जुन मुण्डा, राज्यपाल रमेश बेस, राज्यका मुख्यमन्त्री हेमन्त सोरेन, गोड्डा सांसद निशिकान्त दुबे, कोडरमा सांसद अन्नपूर्णा देवी समेत धेरै जना उपस्थित रहे। मुख्यमन्त्री हेमन्त सोरेनले प्रधानमन्त्रीलाई शाल ओढ़ाएर उनको स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement