हेमराजको ह्याट्रिकले डीएसए क्वार्टर फाइनलमा

IMG-20230916-WA0309.jpg

१६ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले क्वार्टर फाइनलमा स्थान बनायो । रामझोड़ा फूटबल मैदानमा शनिवार खेलिएको म्याचमा डीएसए-ले बिन्नागुड़ी फूटबल एकाडमीलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेल (माल्टु)-ले ह्याट्रिक गरे। उनले म्याचको ३६औं , ४२औं र ६३औं मिनटमा गोल गरे। यसबाहेक अभिषेक भुजेलले ८६औं मिनटमा गोल गरे। यसरी बिन्नागुड़ी फूटबल एकाडमीबाट हुण्डु रोयले ६१औं मिनटमा एक गोल गरे। विजेता टीमका फरवर्ड हेमराज भुजेललाई हीरो अव् द म्याच चयन गरियो। अब भोलि खेलिने पहिलो क्वार्टर फाइनलमा वरियर्स स्पोर्टिंग क्लब (तुलसीपाड़ा) र पलासबारी बिक्की एकाडमीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement