जिल्लापालले गरिन् चोङरोङमा पम्सी बगैंचाको भ्रमण

n5384025541694888278364d03783385b7dc1d281a2b91217a0577b9eae9bcd0ccdf3e99de34e87dc1f24cb.jpg

गेजिङ: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङ्दा, जिल्ला अध्यक्ष डीएस लिम्बू लगायत वागवाणी र कृषि विभागका अधिकारीहरूले चोङरोङ ब्लककी प्रगतिशील कृषक निलम शर्माको फस्टाउँदै गइरहेको पम्सी बगैंचाको भ्रमण गरे।

उल्लेखनीय छ, यस भन्दा अघि जिल्लापालले यसै वर्षको जनवरी महिनामा पनि उनको पम्सी बगैंचाको भ्रमण गरेकी थिइन्। भ्रमणको क्रममा जिल्लापालले सिम्फेडको उपस्थितिमा प्रगतिशील कृषक शर्मा र जिल्लाका अन्य नजिकका किसानहरूलाई सरकारको तर्फबाट हुने सबै प्रकारको सुविधा प्रदान गर्ने आश्वासन दिएकी छन्।

विशेष गरेर जिल्लापालले बजार व्यवस्थापन रणनीतिमा सहयोग गर्नको साथै उत्पादन बिक्री विस्तार गर्न र क्षेत्रमा पम्सीको उत्पादकहरूले सामना गर्नुपर्ने कुनै पनि चुनौतीको समाधान गर्न प्रशासन तयार रहेको अवगत गराइन्। उनले उत्पादन गरेको पम्सीको बगैचा सफल कृषि अभ्यासको प्रमुख उदाहरणको रूपमा दर्शाएको र गुणस्तर ठूलो उत्पादनको सम्भावनालाई प्रतिबिम्बित गर्नको साथै क्षेत्रमा पम्सी र सुन्तलाको फलफूललाई बढावा दिने गरेको बताइन्।

उनको यो भ्रमणले स्थानीय किसानलाई सशक्तिकरण र गेजिङ जिल्लामा कृषि क्षेत्रको प्रवर्द्धन गर्न प्रशासनको प्रतिबद्धतालाई दर्शाएको अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement