चोङराङ ब्लकमा चिन्तन शिविर

00-1-Rajya-Samachar-8

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत महत्वकांक्षी ब्लक चोङराङ खण्ड प्रशासनिक केन्द्रमा चिन्तन शिविर कार्यक्रम आयोजना गरियो। गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अध्यक्ष डीएस लिम्बू, धर्म विभागका सल्लाहकार आरएस भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष डीएस लिम्बूले जिल्ला प्रशासन र चोङराङ खण्ड प्रशासनिक केन्द्रलाई उनीहरूको असाधारण कार्यक्रमको आयोजनाको लागि हार्दिक धन्यवाद व्यक्त गरे।

यसै क्रममा जिल्लापालले नीति आयोगको बारेमा संक्षिप्त जानकारी दिँइन्। उनले निति आयोगले राखेको विभिन्न लक्ष्य बारेमा जानकारी गराउँदै सबै सरोकारवालाहरू विशेष गरी पञ्चायतहरू, स्वयं सहायता समूहहरू र गैरसरकारी संस्थाहरूको प्रतिक्रिया साथै सुजाउ दिनुपर्ने अपील गरिन्।

उनले देशव्यापी ‘आयुष्मान भव’ अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै कसैलाई पनि पछि नछोडी हरेक गाउँ र शहरमा व्यापक स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको अवगत गराइन्।

About Author

Advertisement